News in Nepali

लुम्बिनीको कार्यवाहक मुख्यमन्त्रीको जिम्मा मास्कीलाई

Lumbinikhabar Online

लुम्बिनी प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी अर्थमन्त्री धनबहादुर मास्कीलाई प्रदान गरिएको छ।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरी भारतको नयाँदिल्लीमा आयोजना हुने ‘द लियुरेट्स एन्ड लिडर्स समिट फर चिल्ड्रेन २०२४’ सम्बन्धी पूर्वतयारी कार्यक्रममा सहभागी हुन भारत प्रस्थान गर्ने भएकाले कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी मास्कीलाई प्रदान गरिएको हो।

मास्कीले मुख्यमन्त्री आउँदासम्म दैनिक प्रशासनिक कार्य सम्हाल्नेछन्। प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता धर्मा अर्याल बेलवासेले मंगलबार विज्ञप्ति जारी गरी यसको जानकारी गराएकी छिन्।

Tags

छुटाउनु भयो कि ?