News in Nepali

समाजवादी मोर्चा कसका लागि बनेको हो छलफल गर्न जरुरी छ : शेखर कोइराला

Lumbinikhabar Online

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले समाजवादी मोर्चाको सम्बन्धमा प्रश्न उठाएका छन्।

आइतबारको केन्द्रीय समिति बैठकमा बोल्दै नेता कोइरालाले सत्तारूढ गठबन्धनभित्रैका दलहरूले कसका लागि मोर्चा बनाएको हो भनी प्रश्न गरे। गठबन्धनभित्र अर्को गठबन्धन बनेको भन्दै कोइरालाले त्यसबारेमा पार्टीभित्र छलफल गर्नु जरुरी रहेको उल्लेख गरे।

हामी गुटभित्र पनि उपगुट भनेर भन्छौँ नेपाली कांग्रेसभित्र । हामीहरूको गठबन्धनभित्र पनि अर्को गठबन्धन बनेको छ । समाजवादी मोर्चा, त्यो कसका लागि बनेको हो त्यतातिर अब हामीले छलफल गर्न जरुरी छ,’ उनले भने।

नेता कोइरालाले महामन्त्री गगन थापाले प्रस्तुत गरेको संगठनात्मक कार्यतालिकामा प्रदेशलाई छुट्याइएको बताए। कांग्रेस मासबेस पार्टी भए पनि कार्यतालिका भने क्याडरबेसमा गएको उनको टिप्पणी छ। उनले आगामी निर्वाचन कांग्रेस एक्लैले लड्नुपर्ने कुरामा समेत जोड दिए।

Tags

छुटाउनु भयो कि ?