टप खबर

मन्त्रालयले १०० नर्सलाई बेलायत पठाउन आवदेन माग्यो, वार्षिक तलब ४७ लाख

Lumbinikhabar Online

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली नर्सलाई रोजगारीका लागि बेलायत पठाउने भन्दै आवेदन मागेको छ ।

 

 

 

 

नेपाल सरकार र बेलायत सरकारबीच द्विपक्षीय श्रम सम्झौता कार्यान्वयन सम्बन्धी कार्ययोजना मन्त्रिपरिषद्‍बाट स्वीकृत भएसँगै पाइलट प्रोग्रामको रुपमा पहिलो चरणमा १०० जना नर्सलाई रोगजारीका लागि बेलायत पठाउन आवेदन मागेको हो ।

 

 

 

 

मन्त्रालय र बेलायती दूतावासले संयुक्तरुपमा प्रेस विज्ञप्ति जारी गर्दै बेलायत जान इच्छुक नेपाली नर्सले शुक्रबारदेखि आवेदन दिन सक्ने बताएको छ । श्रम मन्त्रालयले नेपाली नर्सलाई आवेदन दिन छुट्टै एप्लिकेसन पोट्रल समेत बनाएको छ ।

 

 

 

 

रोजगारीमा जान आईईएलटीएसमा न्यूनतम ७ अंक अनिवार्य रुपमा ल्याउनुपर्नेछ । त्यस्तै, कम्तीमा ३ वर्षको नर्सिङ कोर्स पीसीएल नर्सिङ वा बीएन सरहको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्नेछ । २ वर्षको कार्यअनुभव (वर्किङ एक्सपिरियन्स) पनि अनिवार्य गरिएको छ । साथै, रोजगारीका लागि छनोट भएर बेलायत पुगेकाहरूले फेरि त्यहाँको नर्सिङ काउन्सिलको परीक्षा पनि दिनुपर्नेछ ।

 

 

 

 

सबै योग्यता पुगेका नर्सले शुक्रबारदेखि कात्तिक २ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । उनीहरूले वार्षिक झण्डै ४७ लाख रुपैयाँ तलब पाउनेछन् भने बेलायतमा रजिस्ट्रर नर्स भइसकेपछि वार्षिक ५८ लाख ५५ हजारसम्म तलब पाउनेछन् । उनीहरूले ५ वर्ष मात्र काम गर्न पाउनेछन् ।

Tags

छुटाउनु भयो कि ?