News in Nepali

विधानमा अधिकार छैन, विचरा महामन्त्रीहरु ! चरी जेलैमा : प्रकाश स्नेही

Lumbinikhabar Online

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश स्नेहीले पार्टीको विधानले महामन्त्रीहरुलाई अधिकार नदिँदा काम गर्न नसक्ने अवस्था देखिएको बताएका छन् । बिहीबार केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै नेता स्नेहीले भने, ‘पार्टीको विधानमा कसले के काम गर्ने भनेर प्रष्ट लेखेको छ । सभापतिज्यू, विधानमा लेखिएको कुरा अक्षरश पालना गरिदिनुस् । अधिकार सबै सभापतिलाई मात्रै रहेछ । जे पनि सभापतिले गर्ने भनेको छ । महामन्त्रीलाई त विधानमा अधिकारै छैन, विचरा महामन्त्रीहरु ! चरी जेलैमा भन्ने अवस्थामा हुनुहुन्छ।’

उनले सभापति र महामन्त्रीले एकअर्काप्रति विश्वासको वातावरण बनाएर सहयोग आदान प्रदान गरेर काम गर्न आवश्यक रहेको बताए ।
‘पार्टीमा अहिले कुनै समस्या छैन । वास्तवमा हाम्रो नेता शेखर कोइरालाले पनि सभापतिज्यूलाई सहयोग नै गर्नुभएको छ, पार्टीमा कुनै ठूलो गुटबन्दी भएकोजस्तो लाग्दैन,’ उनले भने, ‘यत्तिका सहयोगी हुँदा सभापतिज्यू तपाईंलाई काम गर्न कसैले छेक्ने अवस्था छैन ।’

नेता स्नेहीले कांग्रेसले आफ्ना ८ लाख ६६ हजार कार्यकर्ताका लागि मात्रै राजनीति गर्ने कि देशका ३ करोड नेपालीका लागि काम गर्ने भनेर प्रष्ट हुनुपर्ने बताए ।

Tags

छुटाउनु भयो कि ?