News in Nepali

यूएईबाट नेपालले पायो एक सय ५८ रनको लक्ष्य

Lumbinikhabar Online

एसीसी इमर्जिङ टिम्स एसिया कपको बुधबार खेलिएको समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) बाट एक सय ५८ रनको लक्ष्य पाएको छ ।

टस जिती पहिलो ब्याटिङ रोजेको यूएईले ४४ ओभरमा अलआउट हुनुअघि एक सय ५७ रन बनायो । यूएईलाई सामान्य स्कोरमा समेटन नेपाली बलर कुशल भुर्तेलले उत्कृष्ट प्रदर्शन गरे ।

उनी एक्लैले ६ विकेट लिए । उनले १० ओभरमा केवल ४० रन खर्चिएका थिए । श्याम ढकालले दुई विकेट लिए । कुशल मल्लले एक विकेट लिए । पवन सर्राफले पनि एक विकेट हात पारे ।

पहिले ब्याटिङ गरेको यूएईका लागि ओपनर ब्याट्सम्यान लभप्रित सिंहले अर्धसतक बनाए । उनले टोलीका लागि ५२ रनको योगदान गरे । उनले ८२ बलको सामना गरी एक छक्का र ६ वटा चौका पनि हिर्काएका थिए ।

एथान डिसुजाले १८ रन बनाए । असवन्त भालथपाले टोलीको खातामा १६ रन थपे । ओपनर ब्याट्सम्यान आर्यन्स शर्माले १४ रन बनाए । जस जिनयानीले १३ रन जोडे । यूएईका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बटुल्न सकेनन् । यूएईको अन्तिम विकेटका रुपमा निलान्श केशवन नौ रनमा आउट भएका थिए । उनलाई श्याम ढकालले विकेटकिपर अर्जुन साउदद्वारा स्टम्पिङ गराएका थिए ।

नेपाल र यूएई दुबै टोली उपाधि होडबाट भने बाहिरिइसकेका छन् । समूह ‘बी’ बाट भारत र पाकिस्तान नकआउट चरणमा पुगिसकेका छन् । बुधबार दिउँसो हुने समूहगच रणको अन्तिम खेलमा भारतले चिरप्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्दैछ । दुबै टोली समूह विजेता बनेर सेमिफाइनलमा पुग्ने योजनामा छन् ।

समूह ‘ए’ बाट भने दुई टेस्ट राष्ट्र श्रीलंका र बंगलादेश नकआउट चरणमा पुगिसकेका छन् । चार—चार अंक जोडेको श्रीलंका पहिलो र बंगलादेश दोस्रो हुँदै सेमिफाइनलमा पुगेका हुन् । चार अंक नै जोडे पनि श्रीलंका र बंगलादेशसँग नेट रन रेटमा पछाडि परेको अफगानिस्तान समूहगत चरणबाटै बाहिरिएको थियो । चौथो स्थानमा रहेको ओमानले भने एक खेल पनि जित्न सकेन ।

यूएईको पहिलो विकेटका रुपमा आर्यान्स शर्मा १४ रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनको विकेट कुशल मल्लले लिएका थिए । कुशलले उनलाई पवन सर्राफद्वारा क्याच गराएका हुन् । पहिलो विकेट खस्दा यूएईले १०.४ ओभरमा ३९ रन बनाएको थियो ।

यूएईको दोस्रो विकेट पवन सर्राफले लिएका थिए । पवनले यूएईका ब्याट्सम्यान अंश टण्डनलाई तीन रनको ब्यक्तिगत स्कोरमा एलबीडब्लूको धरापमा पारेका थिए । टण्डन आउट हुँदा यूएईले १५.४ ओभरमा ५२ रन बनाएको थियो ।

नेपाली बलर कुशल भुर्तेलले यूएईको तेस्रो विकेट लिएका थिए । उनले यूएईका एथान डिसुजालाई १८ रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका थिए । उनले एथानलाई एलबीडब्लूको धरापमा पारेका हुन् । तेस्रो विकेट गुमाउँदा यूएईले २४ ओभरमा ९६ रन बनाएको छ ।

चौथो विकेट पनि कुशल भुर्तेलले लिएका थिए । उनले क्रिजमा जमिसकेका यूएईका ब्याट्सम्यान लभप्रित सिंहलाई सन्दीप जोराद्वारा क्याच गराएका थिए । ओपनर ब्याट्सम्यान लभप्रित सिंहले ८१ बलको सामना गरी एक छक्का र ६ वटा चौकाको मद्दतले ५२ रन बनाएका थिए । उनी आउट हुँदा यूएईले २५.५ ओभरमा एक सय ६ रन बनाएको थियो ।

पाँचौं विकेटका रुपमा यूएईका ब्याट्सम्यान फाहद नवाज चार रनको ब्यक्तिगत स्कोरमा आउट भएका थिए । उनी कुशल भुर्तेलको बलमा विकेटकिपर अर्जुन साउदद्वारा स्टम्पिङ आउट भएका थिए । कुशल भुर्तेलले लिएको यो तेस्रो विकेट थियो । फाहद नवाज आउट हुँदा यूएईले २७.५ ओभरमा एक सय १६ रन बनाएको थियो ।

छैटौं विकेटका रुपमा यूएईका कप्तान अली नासिर एक रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनलाई कुशल भुर्तेलले आउट गराएका थिए । उनको क्याच पनि कुशल भुर्तेलले नै लिएका हुन् । कुशल भुर्तेलले लगातार चौथो विकेट लिएका हुन् । कप्तान अली नासिर आउट हुँदा यूएईले २९.४ ओभरमा एक सय २१ रन बनाएको थियो । सातौं विकेटका रुपमा यूएईले असवान्त भलथपालाई १६ रनको ब्यक्तिगत स्कोरमा गुमाएको थियो । उनको विकेट कुशल भुर्तेलले लिएका थिए । कुशल भुर्तेलले उनलाई विकेटकिपर अर्जुन साउदद्वारा स्टम्पिङ गराएका हुन् । कुशल भुर्तेलले लगातार पाँचौं विकेट लिएका हुन् । उनी आउट हुँदा यूएईले ३३.३ ओभरमा एक सय ३१ रन बनाएको थियो ।

यूएईको आठौं विकेट पनि कुशल भुर्तेलले नै लिएका थिए । उनले लगातार ६ विकेट लिएका हुन् । पछिल्लो विकेटका रुपमा उनले यूएईका मोहम्मद फराजुद्धिनलाई चार रनको ब्यक्तिगत स्कोरमा सन्दीप जोराद्वारा क्याच गराका थिए । मोहम्मद फराजुद्धिन आउट हुँदा यूएईले ३५.२ ओभरमा एक सय ३६ रन बनाएको थियो ।

यूएईको नवौं विकेट भने श्याम ढकालले लिएका थिए । उनले जस जिनयानीलाई १३ रनमा कुशल मल्लद्वारा क्याच गराएका थिए । जस जिनयानी आउट हुँदा यूएईले ४३.२ ओभरमा एक सय ५६ रन बनाएको थियो ।

Tags

छुटाउनु भयो कि ?