News in Nepali

कुमारी क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा शर्मा नियुक्त

Lumbinikhabar Online

कुमारी क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा पुष्प शर्मा नियुक्त भएका छन् । क्यापिटल सञ्चालक समितिको बैठकले शर्मालाई कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

यसअघि निजले कम्पनीमा कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका थिए । बंैकिङ तथा वित्तीय क्षेत्रमा १३ वर्षभन्दा बढीको कार्यअनुभव सँगालेका शर्मा स्रोत तथा साधनको उच्चतम परिचालन तथा व्यवस्थापन गर्न सक्ने कुशल नेतृत्व क्षमता भएका व्यक्ति भएको कम्पनीले जनाएको छ । कुमारी क्यापिटलमा आबद्घ हुनुपूर्व उनी नेपाल एसबिआई मर्चेन्ट बैंकिङमा प्रमुख वित्त अधिकृत तथा निमित्त प्रमुख सञ्चालन अधिकृतका रूपमा नेपाल एसबिआई बैंकबाट काजमा रही कार्यरत रहेका थिए ।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत शर्माको कुशल व्यवस्थापकीय क्षमताले आगामी दिनमा व्यवसाय विस्तार एवं क्यापिटलबाट प्रदान गरिने सेवालाई सर्वोत्कृष्ट बनाउन उल्लेख्य योगदान हुने कम्पनीले विश्वास व्यक्त गरेको छ । कुमारी बैंकको सहायक कम्पनी यस क्यापिटलको चुक्ता पुँजी ४० करोड रहेको जनाइएको छ ।

Tags

छुटाउनु भयो कि ?