सत्ता साझेदार एकीकृत समाजवादीको सचिवालय बैठक कीर्तिपुर, चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा जारी छ छ।
शुक्रबारदेखि सुरूदेखि भएको बैठकमा सातवटा कार्यसूचीमा आधारित भएर छलफल भइरहेको थियो। शनिबार केही समय चलेर स्थगित भएको बैठक आज बिहान १० बजेबाट सुरू भएहो हो।
बैठकमा संगठन सुदृढीकरणको विशेष अभियानको सामान्य जानकारी, वर्तमान र हाम्रा कार्यभार, सबैबाट विचारहरूको प्रस्तुती, आगामी कामको विस्तृत योजना, कार्यविभाजन, कमिटीमा समायोजन तथा थपघट, जनसंगठन युवा र विद्यार्थी, विभागहरूको कामको व्यवस्थापनलगायत एजेन्डा अघि सारिएको छ।
त्यस्तै पार्टीको महाधिवेशनबारे पनि छलफल भएरहेको नेताहरूले जानकारी दिएका छन्।
मंगलबारसम्म चल्ने बैठकमा रिक्त रहेको बाग्मती र लुम्बिनी प्रदेश इन्चार्ज पूर्ति गर्ने कार्यसूचीसमेत रहेको छ।