News in Nepali

सोमपालको अर्धशतकपछि नेपालले पाकिस्तानलाई दियो एक सय ८० रनको लक्ष्य

Lumbinikhabar Online

एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले बलियो पाकिस्तानलाई एक सय ८० रनको लक्ष्य दिएको छ । टस जिती पहिले ब्याटिङ गरेको नेपाली टोली ३७ ओभरमा एक सय ७९ रन बनाउँदै अलआउट भयो ।

नेपालका सोमपाल कामीले अर्धसतक बनाए । उनले ७५ रनको योगदान गरे । उनले एक सय एक बलको सामना गरी दुई छक्का र नौ चौका हिर्काएका थिए । उनी अन्तिम विकेटका रुपमा पेभेलियन फर्किएका थिए ।

प्रतिस जीसीले पनि २६ रन बनाए । माथिल्लो क्रममा कुनै पनि नेपाली ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । आसिफ शेख १२, अर्जुन साउद १७, कुशल मल्ल १७ र गुल्सन झा १३ रनमा आउट भए ।

Tags

छुटाउनु भयो कि ?