बालुवाटरस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना आरोपमा सिआईबीले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा योगराज पौडेल र नारायणदास मिश्र छन् ।
योगराज पौडेल मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन नासु हुन् । नारायणदास मिश्र पूर्व खरिदार रहेको केन्द्रीय अनुसन्धान ब्यूरोका एकजना अधिकृतले जानकारी दिए । सरकारी लिखत किर्ते गरेर ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गराएको आरोपमा पक्राउ पर्नेको संख्या १४ पुगेको छ ।