News in Nepali

प्रधानमन्त्री दाहाल भन्छन् : संसद्‍मा सम्बोधन गर्दैछु

Lumbinikhabar Online

प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार प्रतिनिधिसभामा सम्बोधन गर्ने बताएका छन् । प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफलपछि प्रधानमन्त्री कार्यालयबाट बाहिरिँदै गर्दा प्रधानमन्त्री दाहालले आफूले बैठकमा सम्बोधन गर्ने बताएका हुन् ।

प्रधानमन्त्री दाहालले प्रधानमन्त्री कार्यालयबाट बाहिरिँदै सञ्चारकर्मीलाई भने, ‘म संसद् जाँदै छु । मैले सदनमा सम्बोधन गर्छु ।’ सोमबार तीन दलका शीर्ष नेताबीच छलफल भए पनि बैठक खुलाउनेबारे सहमति भए/नभएको आधिकारिक जानकारी आएको छैन । यसअघि एमाले अध्यक्षले यही प्रश्नमा ‘पार्लियामेन्टमा थाहा हुन्छ’ भनेका थिए ।
यसबारे आधिकारिक निर्णय गर्न एमालेले संसद् भवनमा अहिले संसदीय दलको बैठकसमेत बोलाएको छ। प्रधानमन्त्री दाहालले असार १८ गते एक कार्यक्रममा दिएको अभिव्यक्तिको विरोध गर्दै एमालेले संघीय संसद्को दुवै सदनमा अवरोध गर्दै आएको छ ।

Tags

छुटाउनु भयो कि ?