संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आवश्यक कर्मचारी थप गर्न निर्देशन दिएको छ।
सोमबार बसेको बैठकले आवश्यक कर्मचारी थप गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको हो।
यसअघि बैठकमा बोल्दै परराष्ट्र मन्त्री एनपी साउदले राजदूतहरू केही दिनमै नियुक्ति गरिनेसमेत बताएका थिए।
‘केही दिनमा राजदूत नियुक्ति टुंगो लाग्छ, पासपोर्टका लागि निर्णय भएको छ, ६० लाख पासपोर्ट छपाइको निर्णय भइसकेको छ, मुलुकलाई पासपोर्ट अभाव हुन नदिन टेन्डर प्रक्रिया छिट्टै अगाडि बढाउँछौं, हामीलाई पाच वर्ष पासपोर्ट अभाव हुँदैन,’ उनले भने।