अर्थमन्त्री डा.प्रकाशशरण महतले तत्काल बैंक तथा वित्तिय संस्थाहरुको ब्याजदर घट्ने बताएका छन् । शनिबार पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी संघ, काठमाडौँले आयोजना गरेको कार्यक्रमलाई संबोधन गर्दै मन्त्री महतले बैंक तथा वित्तिय संस्थाको चर्को ब्याजको मारमा व्यवसायी परेको भन्ने धेरै गुनासो आएकाले अब छिट्टै ब्याज घट्ने दाबी गरे । चर्को ब्याजदर घटाउनका लागि आफूले नेपाल राष्ट्र बैंकलाई भनेको र आगामी आर्थिक वर्षको मौद्रिक नीति मार्फत सम्बोधन हुने मन्त्री महतको भनाई छ । यस्तै, आर्थिक मन्दी, उत्पादनमा संकुचन, कोभिडलगायतका कारण उद्योगी, व्यवसायीहरु निक्कै मारमा परेको भन्दै मन्त्री महतले ब्याजदर घटाउने विषयमा आफु सुरुदेखि नै लागिपरेको दाबी गरे ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६