टप खबर

रास्वपा वडा समिती संयोजक बने किशोर न्यौपाने

Lumbinikhabar Online

रास्ट्रिय स्वतन्त्र पार्टी काठमाण्डौ महानगरपालिका वडा नं ७ समिती गठन भएको छ।

रास्वपा काठमाण्डौ क्षेत्र नं ४ का संयोजक रवी बन्जाराको अध्यक्षतामा भएको भेलाले किशोर न्यौपानेको संयोजकत्वमा ७ सदस्यीय वडा समिती गठन गरेको हो।

 

रास्ट्रीय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको विस्तारित बैठक तथा भेलाले श्यामलाल उदास, सीता पाण्डे, उत्तम प्रसाद घिमिरे, सृजना पान्डे, रिना बाबा जोशी र अभिनाश खड्कालाई सदस्यमा चयन गरेको हो।

वडा समिती संयोजक किशोर न्यौपाने पेसाले इञ्जिनियर हुन्, न्यौपाने विभिन्न ब्यवसायमा समलग्न छन् ।

Tags

छुटाउनु भयो कि ?