News in Nepali

सरकारले मिटरब्याज पीडितलाई न्याय दिन होइन झुक्याउन खोज्योः सांसद गिरी

Lumbinikhabar Online

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सरकारले मिटरब्याजपीडितहरूलाई न्याय दिन नभई झुक्याउन खोजेको आरोप लगाएका छन्।

आइतबार प्रतिनिधि सभामा बैठकमा केही नेपाल ऐनलाई संसोधन गर्ने विधेयक, २०८० माथिको छलफलमा बोल्दै गिरीले मिटरब्याज पीडितलाई न्याय दिन नभई झुक्याउन विधेयक ल्याएको बताए।

उनले उच्च पदस्थ कर्मचारीहरू यस प्रकरणमा संलग्न रहेको र तिनलाई राजनीतिक दलका ठूला नेताहरूले संरक्षण गरेकाले सरकारले अहिलेसम्म पनि पीडितलाई न्याय दिन नसकेको बताए।

‘झुक्याउनको लागि यो विधेयक सदनमा पेस, गरेजस्तो गर्दैछ । पीडितहरुप्रति न्याय दिने इमान्दारिता देखिएको छैन भन्ने कुरा यसले पुष्टि गर्छ,’ उनले भने।

उनले सामन्तवादको अवशेषका रूपमा रहेका मिटरब्याजीविरूद्ध राम्रो नीति र ऐन बन्नुपर्ने पक्षमा एमाले रहेपनि सरकार छलफल नै नगरी पास गराउने पक्षमा रहेको बताए।

‘राष्ट्रिय सभाले फास्ट ट्रयाकमा पास गर्‍यो। अहिले प्रतिनिधि सभामा आएको छ। सांसदको हातमा आजसम्म पनि यो विधेयक छैन,’ उनले भने, ‘हामीले वैचारिक, सैद्धान्तिक छलफल गर्दैछौँ। चाहिने डकुमेन्ट हामीसँग छैन तर पनि छलफलमा बस्नुपर्ने अवस्था छ ।’

Tags

छुटाउनु भयो कि ?