News in Nepali

मुख्यमन्त्री कार्कीद्वारा कोशी प्रदेशसभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेस

Lumbinikhabar Online

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिन प्रदेशसभामा प्रस्ताव पेस गरेका छन् । बिहीबार जारी प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मतका लागि प्रस्ताव पेस गरेका हुन् ।

उक्त प्रस्तावमाथि अहिले छलफल जारी छ ।
पुस २४ गते मुख्यमन्त्रीमा नियुक्त भएका कार्की नेतृत्वको सरकारबाट माओवादी केन्द्र, जनता समाजवादी पार्टीले समर्थन फिर्ता लिएपछि कोशी प्रदेश सरकार अल्पमतमा परेको हो ।

९३ सदस्यीय प्रदेशसभामा एमालेका ४० र राप्रपाका ६ गरी ४६ प्रदेश सांसद मुख्यमन्त्री कार्कीका पक्षमा छन् ।

Tags

छुटाउनु भयो कि ?