प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही हुँदैन, अवस्था बललिनेवाला छैन भन्ने हीन भावनाबाट माथि नउठेसम्म यो देशले आफैँमाथिको विश्वास फर्काउन नसक्ने बताएका छन्।
बुधबार बजेटमाथि उठेका प्रश्नहरूको अन्तिम जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले देश उज्यादो भविष्यको यति धेरै नजिक यसअघि कहिल्यै नपुगेको बताउँदै उनले सामाजिक सञ्जालमा आउने विचार र चित्रले जनताका सवाललाई विषयान्तर गरिरहेको बताए। यस्ता विचार र चित्रले राजनीतिको चेहरा र चरित्र कमजोर बन्दै गएको उनले बताए।
उनले भने, ‘लोकतन्त्र भावनात्मक आधारले सुदृढ हुँदैन, जसले युद्धको जिजीविषा देख्नुपरेन। एयरपोर्ट, इन्टरनेट बन्द गरेर चलाएको शाहीशासन देखेन। सञ्चारगृहमै पसेर बन्दुकधारीले यो छाप, त्यो नछाप भन्ने त्यो चित्र देखेन। त्यसैले यो पुस्तालाई दिग्भ्रमित पार्ने छुट कसैलाई छैन।’
प्रधानमन्त्री प्रचण्डले लोकतन्त्र र परिवर्तनका लागि यो संसद् फेरि बजेट पास गरेर एकठाउँमा उभिन्छ भन्ने विश्वास व्यक्त गरे।