शिक्षा

लमजुङ्गको विकट विद्यालयमा समाजसेवी रन्जिताले गरिन सहयोग

Lumbinikhabar Online

लमजुङ । लमजुङको बेसीशहर नगरपालिका ६ स्थित चण्डेश्वरी प्राथामिक विद्यालयका बालबालिकालाई शैक्षिक तथा खेलकुद सामाग्री प्रदान गरिएको छ । रन्जिता फाउण्डेशनले उक्त विद्यालयका २५ जना बालबालिकाहरुलाई स्कुल व्याग, पोशाक,कापी,कलम,फुटबल लगायत विविध सामाग्रीहरु वितरण गरेको हो ।

लामो समयदेखि समाजसेवामा सक्रिय रन्जिता गुरुङले व्यक्तिगत पहलमा गरिव निमुखाहरुका लागि आवास निर्माण देखि लिएर विभिन्न खाद्यान्न वितरण गर्दै आईरहेकी छिन । संस्थागत रुपमा संस्था दर्ता पश्चात पहिलो पटक रन्जिता फाउण्डेसन मार्फत उक्त विद्यालयमा शैक्षिक एवं खेलकुद सामाग्री वितरण गरिएको हो ।

शैक्षिक सामाग्री वितरण कार्यक्रमका प्रमुख अतिथि समेत रहेकी फाउण्डेशनका अध्यक्ष गुरुङले विद्यालयको शैक्षिक गुणस्तरलाई माथि उठाउन आवश्यक सहयोग गर्न सधै तयार रहेका र थोरै भए पनि विद्यार्थीलाई उपयोगी सामाग्री सहयोग गर्न पाँउदा खुशी व्यक्त गर्नु भयो ।

त्यसै गरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनबहादुर भण्डारीले बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेकोमा फाउण्डेसनलाई धन्यबाद दिँदै अन्य सहयोगका लागि पनि अपेक्षा व्यक्त गर्नुभयो । त्यस्तै विद्यालयका प्रधानाध्यापक गिता भण्डारीले विद्यार्थीको उज्वल भविष्यको लागि अझै यस्तो खाले सहयोगको अनुरोध गर्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनबहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन स्थानिय विरेन्द्र गुरुङले गर्नु भएको थियो । कार्यक्रममा संचारकर्मी राज लुईटेल,अभिनेता श्रीदेव भट्टराई लगायत विद्यालयका शिक्षकहरु, विद्यार्थीहरु र अभिभावकहरुको उपस्थिती रहेको थियो । कार्यक्रमलाई संचालन समाजसेवी स्थानिय विरेन्द्र गुरुङले गर्नुभएको थियो ।

Tags

छुटाउनु भयो कि ?