News in Nepali

देशको आर्थिक अवस्था सुदृढ बनाउन सत्तापक्ष र प्रतिपक्ष एक हुनुपर्छ : सांसद पौडेल

Lumbinikhabar Online

माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले देशको आर्थिक अवस्थालाई सुदृढ बनाउन सत्तापक्ष र प्रतिपक्ष एक हुनुपर्ने बताएका छन्।

आइतबार प्रतिनिधिसभाको बैठकमा सांसद पौडेलले आर्थिक अवस्था सुधारको विषयलाई सबैको साझा विषय बनाएर अघि बढ्न जरुरी रहेको धारणा राखे। आर्थिक प्रणालीलाई लयमा ल्याउन सत्तापक्ष र प्रतिपक्ष बाँडिने अवस्था देशमा नरहेको उनको भनाइ छ।

पौडेलले देशको आर्थिक अवस्था सुधार गर्न सामूहिक रूपमा अघि बढ्ने एउटा साझा संकल्पको आवश्यकता रहेको प्रस्ट्याए। उनले बजेटमा भएका असन्तुष्टिलाई सम्बन्धित मन्त्रालयले सुन्न जरुरी रहेको बताए।

‘आर्थिक प्रणाली हामीले कहीँ न कहीँ छलफल गरेर प्रतिपक्ष र सरकार पक्षको विरोध र समर्थनका विषय होलान्, कुनकुन एक सय ६५ निर्वाचन क्षेत्रमध्ये कहाँ–कहाँ कसका बजेट परे, परेनन् भनेर आलोचनाको विषयले हेर्दा यहाँ उठेका त्यस प्रकारका तर्कहरूलाई सम्बन्धित मन्त्रालयले सुन्नुपर्छ । तैपनि आर्थिक अवस्था देशको जुन छ, त्यो अवस्था सुधार गर्न हामी सबैले संकल्प गर्नुपर्छ,’ उनले भने।

Tags

छुटाउनु भयो कि ?