News in Nepali

नाडाले गठन गर्‍यो शीप तथा क्षमता विकास इकाई

Lumbinikhabar Online

नाडाले अटोमोबाइल क्षेत्रमा कार्यरत प्राविधिकहरूको शीप तथा क्षमता विकासका लागि दीर्घकालिन प्रशिक्षण कार्यक्रमहरू सम्पन्न गर्दै जाने उद्धेश्यले शीप तथा क्षमता विकास इकाई समेत गठन गरेको छ। नाडाले उपाध्यक्ष राजनबाबु श्रेष्ठको सभापतित्वमा ६ सदसिय इकाई गठन गरेको हो।

विद्युतीय सवारी साधनहरूको क्षेत्रमा कार्यरत प्राविधिकहरूको सीप र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ समेतको सहयोगमा नाडाले गत जेठ २४ र २५ गते नाडा सचिवालयमा दुई दिने कार्यशाला गोष्ठी सम्पन्न गरेको छ।

सुरुआति चरणको उक्त कार्यशाला गोष्ठिमा विद्युतीय सवारी साधनहरू आयात गर्ने नाडाका सदस्य कम्पनीहरूबाट जम्मा ७ जना प्राविधिज्ञहरू सहभागी रहेको नाडाले जनाएको छ। नेपाल उद्योग वाणिज्य महासंघका पाठ्यक्रम विकास विशेषज्ञ खेमराज काफ्लेले मुख्य प्रशिक्षकको रूपमा प्रशिक्षण दिएका थिए।

विद्युतीय सवारी साधनहरूको प्रयोग र महत्व दिनहुँ बढ्दै गएको अवस्थामा नाडाले पहिलो पटक यस किसिमको कार्यशाला गोष्ठी सम्पन्न गरेको हो।

यस किसिमको वर्कशप गोष्ठीबाट नाडाले विद्युतीय सवारी साधनहरूको सम्बन्धमा आवश्यक सीप र ज्ञान अभिवृद्धि हुने अपेक्षा राखेको छ। साथै नाडाले महासंघसँगको सहयोगमा यस किसिमका प्राविधिक तालिम कार्यक्रमहरू सम्पन्न गर्दे जाने लक्ष्य लिएको छ।

Tags

छुटाउनु भयो कि ?