News in Nepali

प्रस्तावित प्रधानन्यायाधीशमाथिको उजुरी खोलियो, सांसदलाई फोटोकपी वितरण

Lumbinikhabar Online

संसदीय सुनुवाई समितिले प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्धको उजुरी खोलेको छ । असार १ भित्र उजुरीमाथि छलफल गरेर निर्णय गर्ने तयारी छ । सोमबार बिहान सिंहदरवारमा बसेको समितिको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध परेमा उजुरीको पोको खोलिएको हो ।

प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपति शमशेर जबरा (राणा) को सभापतित्वमा बसेको बैठकले कार्कीमाथि सुनुवाईका लागि उजुरी खोलिएको हो । समितिमा कार्कीविरुद्ध २९ वटा उजुरी परेका छन् । सोमबारको बैठकमा खोलिएका उजुरी समितिका सदस्यहरुलाई अध्ययनका लागि उजुरीको फोटाकपी वितरण गरिएको छ ।

समितिले जेठ ३० र ३१ गते उजुरीकर्तासँग छलफल गर्ने, जेठ ३२ गते प्रस्तावित प्रन्यालाई बोलाएर सुनुवाई गर्ने र असार १ गते बिहान ८ बजे बैठक बसी निर्णय गर्ने कार्ययोजना बनाएको छ ।

Tags

छुटाउनु भयो कि ?