News in Nepali

नागरिकता विधेयक प्रमाणीकरणको प्रतिलिपि झिकाउन सर्वोच्चको आदेश

Lumbinikhabar Online

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको वार्षिक बजेटलाई प्राथमिकीकरण गरेर ठूला आयोजनामा मात्रै रमक विनियोजन गर्न नसकेको स्वीकार गरेका छन् ।

बजेटमाथि राष्ट्रिय सभामा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै उनले उनले भने, ‘कनिका छरेको जस्तो गरी पैसा राख्ने, विनियोजन गर्ने प्रवृत्ति छ । त्यसलाई मैले बजेटमै स्वीकार गरेको छु । यसपाला पनि त्यसलाई पूर्ण रुपमा सम्बोधन गर्न सकेका छैनौं ।’

‘केन्द्र सरकारले महत्वपूर्ण आयोजनामा एउटा साइजको आयोजनामा केन्द्रित हुन सकौं भनेर चाहेकै हो । तथापि अहिले पनि जनताहरु यहीँ आइपुगे । त्यो प्रवृति रोकिएको छैन’, उनले भने, ‘यहाँँकोले पुगेन, वडाअध्यक्षज्युहरु आइराख्नुभएको छ । मेरो वडामा यतिले पुग्दै पुगेन के हुन्छ र यहाँबाट राखिदिन पर्‍यो भनेर ।’

मन्त्रीहरुले नै समेत साना आयोजनाहरुमा बजेट विनियोजनका लागि दबाव दिएको अर्थमन्त्री महतले बताएका छन् ।

Tags

छुटाउनु भयो कि ?