टप खबर

अत्याधिक गर्मीले विराटनगरका विद्यालय पुनः थप बन्द

Lumbinikhabar Online

अत्याधिक गर्मीका कारण बिदा दिइएका विद्यालयहरु पुनः थप ३ दिन बिदा दिन विराटनगर महानगरपालिकाले निर्णय गरेको छ ।

गत १८ गते बिहीबारदेखि बन्द रहेका सबै सार्वजनिक तथा संस्थागत विद्यालयहरु २३ गते मंगबारसम्म बन्द रहने भएका छन् । विराटनगर महानगरपालिकाका नगर प्रमुख नागेश कोइरालाको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकले अत्याधिक गर्मीका कारण विद्यालयको पठनपाठन लगायतका गतिविधि गर्न कठिनाई भएको एवम् विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने सम्भावनालाई मध्यनजर गर्दै विदा दिने र्णिय गरेको हो ।

विदाको समयावधि बढाउँदै महानगरपालिकाले जल तथा मौसम विज्ञान विभागबाट अझै केही दिन तराई क्षेत्रमा तातो हावा तथा लु लाग्ने सम्भावना रहेकोले सोबाट बच्नका लागि भन्दै थप तीन दिन विदा दिने निर्णय गरेको हो । यस अघि १८ गते देखि दुइदिन विदा दिइएको थियो ।

Tags

छुटाउनु भयो कि ?