News in Nepali

प्रधानमन्त्रीलाई ओलीको प्रश्न : कालापानीमा सीमा सुरक्षित नै छ ?

Lumbinikhabar Online

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो सरकारबाट मातृभूमिको सुरक्षाको अपेक्षा गर्न कठिन भएको बताएका छन् । सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेक र कालापानीबारे नबोलिएको भन्दै उनले सरकारमाथि प्रश्न उठाएका हुन् ।

सरकारको नीति तथा कार्यक्रममाथि आइतबार संसदमा भएको छलफलमा भाग लिँदै ओलीले भने, ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालमा पर्छ कि पर्दैन ? यो सरकारलाई थाहा भएको देखिँदैन । प्रस्तावित नीति तथा कार्यक्रमको बुँदा नम्बर १८५ मा संविधानको अनुसूची ३१ मा रहेको नेपालको नक्सा अटाउन सकेको छैन, त्यहाँ बोलिएको छैन ।’

केहीदिनमै प्रधानमन्त्री भारत जान लागेको भन्दै उनले केही प्रश्न उठाएका छन् । भारत नेपालको छिमेकी र मित्र भएको भन्दै उनले आफूलाई परेको मर्का खुलस्त राख्न सक्नुपर्ने बताए । ‘खुलस्त नगरी कसरी समस्या समाधान हुन्छ ?,’ पूर्वप्रधानमन्त्री ओलीले भने, ‘खुलस्त कुरा गर्नुपर्‍यो र समस्या समाधान गर्नुपर्‍यो । चिसोपन राख्नुभएन, कायर मन पनि राख्नुभएन ।’

उनले अगाडि भने, ‘काँतर मन, चिसो मन । भन्न नसक्ने, चिसो लिइरहने, कुरा गर्न नसक्ने, आफ्ना इस्यु राख्न नसक्ने अनि बोल्न नसक्ने हुनुभएन ।’

Tags

छुटाउनु भयो कि ?