प्रधानमन्त्री प्रचण्डलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दातृ निकायको ब्रिफिङमा देशको राजस्व संकलन गर्न कठिनाई भइरहेको भन्ने मिल्छ भन्दै प्रश्न गरेका छन् । संसदमा बोल्दै ओलीले राजस्व संकलन गर्न सरकारले अन्तर्राष्ट्रिय निकायलाई गुमार्न मिल्छ भन्दै प्रश्न गरेका हुन् ।
‘प्रधानमन्त्रीजीले दातृ निकायको प्रमुखहरुको ब्रिफिङमा राजस्व संकलन गर्न कठिनाई भइरहेको उल्लेख गर्नु भएछ । राजस्व संकलन गर्न सरकारले अन्तर्राष्ट्रिय निकायलाई गुहार्न मिल्छ ? राजस्व उठाउने प्राथमिक कर्तव्य सरकारको होइन र ?’ ओलीले भने, ‘सरकार प्रारम्भिक कर्तव्यमै असफल भइसकेको छ ।
त्यहीँ असफलाको दस्तावेजको रुपमा नीति तथा कार्यक्रम आएको छ ।’
प्रधानमन्त्रीले कुटनीतिक निकायसँग राखेको धारणालाई ठिक मान्न नसकिने ओलीले बताए ।