News in Nepali

बागमती सरकारले पूर्णता पाउँदै, ६ मन्त्री नियुक्त गर्दै मुख्यमन्त्री जम्कट्टेल

Lumbinikhabar Online

बागमती प्रदेश सरकारले पूर्णता पाउने भएको छ। आइतबार मुख्यमन्त्री शालिकराम जम्कट्टेलले ६ मन्त्री नियुक्तीको तयारी गरेसँगै सरकारले पूर्णता पाउन लागेको हो।
सत्ता गठबन्धनमा भागबण्डा नमिल्दा समस्या भइरहेका कारण लामो सयमदेखि सरकार अपूर्ण अवस्थामा रहेको थियो। भागबण्डाको विवाद समाधान गर्दै मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकार विस्तार एवं पूर्णता दिने तयारी गरेका हुन्।

प्रदेशको ११ वटा मन्त्रालयमध्ये ६ वटा नेपाली कांग्रेसलाई, मुख्यमन्त्रीसहित ४ वटा नेकपा माओवादी केन्द्रलाई र २ वटा एकीकृत समाजवादीलाई भागबण्डा गर्ने सहमती भएसंगै सरकारलाई पूर्णता दिने तयारी गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ।

कार्यालय स्रोतका अनुसार प्रदेशमा ११ वटा मात्र मन्त्रालय भएकाले एक मन्त्री विनाविभागीय रहने र बजेट कार्यक्रम सार्वजनिक गरेपछि मन्त्रालय विभाजन गरेर जिम्मेवारी दिने तयारी भइरहेको छ।

नवनियुक्त मन्त्रीहरुको आइतबार दिउँसो २ बजे सपथ ग्रहणको कार्यक्रम तय गरिएको स्रोतको भनाई छ। जसमा कांग्रेसबाट उत्तम जोशी, रामकृष्ण चित्रकार, पुकार महर्जन र मसिना खड्का तथा एकीकृत समाजवादीबाट रजेन्द्रमान श्रेष्ठ र लक्ष्मण लम्साललाई सपथ ग्रहण गराउने तयारी भएको कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाको सचिवालयले जनाएको छ।

Tags

छुटाउनु भयो कि ?