प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणबाटै सुशासनको थालनी गर्ने बताएका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले राखेको प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री प्रचण्डले यो प्रकरणमा प्रहरीको निष्पक्ष र व्यावसायिक अनुसन्धानमा कतैबाट हस्तक्षेप नहुने प्रतिबद्धता जनाएका छन्।
उनले शरणार्थी प्रकरणमा मात्रै नभएर विवादमा आएका अन्य ठूला–ठूला विषय, पुँजी बजारलगायतमा समेत निष्पक्ष, तथ्यमा आधारित अनुसन्धान गरी सरकारले यहीँबाट सुशासनको थालनी गर्ने बताए।
दोषीलाई नछोड्ने र निर्दोष एकजना पनि नपर्ने सरकारको नीति लिएको बताउँदै प्रधानमन्त्रीले योलगायत अन्य भ्रष्टाचारका ठूला ठूला केसमा समेत तात्विक निष्कर्षमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे।
याे प्रकरण पूर्वउपप्रधानमन्त्री, पूर्वगृहमन्त्रीलगायत करिब डेढ दर्जनजति उच्चपदस्थ व्यक्ति पक्राउ परिसकेका छन्।