News in Nepali

संसदीय समितिलाई कर्मकाण्डी बनाउन हुँदैन : सांसद लामिछाने

Lumbinikhabar Online

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले संसदीय समितिलाई कर्मकाण्डी बनाउन नहुने बताएका छन् । मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै लामिछानेले समितिले निष्कर्ष निकालेर विषयलाई तोडमोड गर्न नहुने बताएका हुन् ।

समितिलाई प्रभावकारी बनाएर जानुपर्ने पनि उनको भनाइ छ । समितिले दिएको निर्देशन पालना गर्नुपर्ने र नगरे के गर्ने भन्ने रेमा पनि कारबाहीको प्रक्रिया अघि बढाउनुपर्ने उनको भनाइ छ ।
‘वाइडबडी खरिदमा घोटाला भएको भनेर समितिले भनिसकेको छ ।तर संसदीय समितिले त्यत्रो प्रमाण जुटाएर, छलफल गरेर कुनै विषयमा निष्कर्ष निकालेर दिएको निर्देशन फासफुस हुने हो भने समिति कर्मकाण्डी हुन्छन्, समिति कर्मकाण्डी हुन भएन । कसैलाई फसाउन गरिएको निर्णय हो भने विरोध गरौँ नत्र भने लागू गरौँ । प्रभावकारी बनाएर हामी जानुपर्छ । निर्देशनको पालना नभएको हकमा के हुन्छ, त्यसलाई मध्यनजर गरौँ । समितिमा बोल्नका लागि कुनै पनि सदस्यलाई समय छुट्याउनुपर्छ,’ उनले भने ।

सांसद लामिछानेले समितिमा बोल्नका लागि सदस्यको समय छुट्याउन आवश्यक रहेको बताए ।

Tags

छुटाउनु भयो कि ?