मधेस प्रदेश सरकारको विषयमा शुक्रवार गठबन्धन दलहरूबीच छलफल हुने भएको छ । तत्कालीन माओवादी–एमाले गठबन्धनले मधेस प्रदेशमा सरकार बनाएको थियो । जनता समाजवादी पार्टी र जनमत पार्टीले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको थियो । अहिले पहिलो चरणमा जसपाले नेतृत्व गरिरहेको छ ।
माओवादी–एमाले गठबन्धन भत्केर माओवादी–काँग्रेस नेतृत्वको गठबन्धन बनेपछि पनि त्यहाँको सरकार परिवर्तन भएको छैन । एमालेले सरकार छाडिसकेको छ । गठबन्धनको मुख्य घटक कांग्रेस सरकारबाट बाहिर छ ।
कांग्रेसले सरकारको नेतृत्व गर्ने दाबी गरिरहेको छ । बारा–२ मा भएको उपनिर्वाचनको समय कांग्रेसले मधेस सरकार नेतृत्वको दाबी गरेको थियो । चुनावपछि छलफल गरेर टुंग्याउने सहमति भएको कांग्रेस मधेस प्रदेश समितिका सभापति कृष्ण यादवले बताए ।

सोही सहमतिअनुसार, शुक्रवार पाँच दलीय गठबन्धनमा छलफल गरिन लागेको हो । गठबन्धनको सहमतिका आधारमा मधेस प्रदेशको सरकारमा हेरफेर हुने उनले बताए । उनले भने, ‘सरकारको नेतृत्व गर्ने दाबी कांग्रेसले पनि गरेको छ । त्यो स्वाभाविक पनि हो तर, आज गठबन्धनको बैठकले के निर्णय गर्छ त्यसैमा भर पर्छ ।’