टप खबर

राष्ट्रपति पौडेलद्वारा मिटरब्याज पीडितको समस्या समाधानका लागि अध्यादेश जारी

Lumbinikhabar Online

 राष्ट्रपति रामचन्द्र पौडेलले ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्‍यादेश, २०८०’ जारी गरेका छन् । बुधबार राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत राष्ट्रपति पौडेलले मन्त्रिपरिषदको सिफारिसमा अध्यादेश जारी गरेको जनाएको हो । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले उक्त विषयबारे निर्णय लिएर राष्ट्रपतिसमक्ष अध्यादेश पठाएको थियो । अध्यादेश मिटरब्याज पीडितको समस्या समाधानका लागि ल्याइएको हो । मिटरब्याजलाई अनुचित लेनदेनको रुपमा परिभाषित गरी दण्डनीय बनाउन उक्त अध्यादेश जारी गरिएको छ । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेश, २०८० जारी गरेको जानकारी दिइएको छ । यसअघि मिटरब्याज पीडितको समूहले सरकारसँग गरेको सहमतिअनुसार कानुन संशोधन गर्न अध्यादेश ल्याइएको छ ।

Tags

छुटाउनु भयो कि ?