News in Nepali

रास्वपा अब सत्ता न प्रतिपक्षको जस्तो भूमिकामा नरहने

Lumbinikhabar Online

राष्ट्रिय स्वतन्त्र पार्टी कि सरकारमा सहभागी हुने कि समर्थन फिर्ता लिएर प्रतिपक्षमै बस्ने भएको छ । तर अहिलेजस्तो समर्थन दिएर सरकार न प्रतिपक्षको जस्तो भूमिकामा अब नरहने प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए । यसबारे निर्णय गर्न आउँदो शुक्रबार केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाइएको छ ।

रास्वपाको केन्द्रीय समितिको सोमबारको बैठकले कि सरकारमा जाने कि प्रतिपक्षमा बस्ने भन्नेबारे निचोड निकाल्न संयुक्त बैठक बस्ने निर्णय गरेको हो । महामन्त्री ढकालले भने, ‘पार्टी अहिले सरकारमा छैन ।

तर सरकारलाई समर्थन दिएर सत्तापक्षको बेन्चमा बसिरहेको छ । आज के निर्णय गरेका छौं भने पार्टी कि सरकारमा जान्छ कि प्रतिपक्षमा बस्छ । सरकारमा जाने कि प्रतिपक्षमा बस्ने निर्णय गर्नका लागि आगामी शुक्रबार संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक बोलाइएको छ ।’
केन्द्रीय समिति बैठकमा पार्टी सरकारमा जाँदा र प्रतिपक्षमा बस्दाका फाइदा तथा बेफाइदाका विषयमा छलफल भएको ढकालले बताए । सांसदहरूले सरकारमा जाने कि नजाने भन्दा पनि दुवै अवस्थाका फाइदा र बेफाइदाका विषयमा छलफल गर्ने पनि उनको भनाइ थियो ।

Tags

छुटाउनु भयो कि ?