टप खबर

राष्ट्रपति पौडेल आज अस्पतालबाट डिस्चार्ज हुनसक्ने

Lumbinikhabar Online

राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा उपचाररत रहनुभएका राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार आएको उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले विज्ञप्तिमार्फत जनाएको छ ।राष्ट्रपति पौडेल आज अस्पतालबाट डिस्चार्ज हुनसक्ने पनि दूतावासले उल्लेख गरेको छ । “सम्माननीय राष्ट्रपतिज्यूको उपचार हिजो पनि जारी रह्यो । राष्ट्रपतिको उपचारमा संलग्न सम्बन्धित चिकित्सकहरूले उनको स्वास्थ्यमा उल्लेख्य सुधार भएकाले आज अस्पतालबाट डिस्चार्ज हुनेछन्”, विज्ञप्तिमा भनिएको छ ।

Tags

छुटाउनु भयो कि ?