नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रदेश सरकारको नेतृत्व पनि आलोपालो हुनुपर्ने बताएका छन्।
शुक्रवार समाजवादी प्रेस संगठन नेपाल धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले गठबन्धनका दलहरूले प्रदेश सरकारहरुको नेतृत्व आलोपालो हुनुपर्ने बताएका हुन्।
उनले जनताले नै मिलेर जाउ भनेकाले संख्यात्मक कुरालाई ध्यानमा राखेर गठबन्धनका दलहरुका बीचमो सहमती गरी आलोपालो नेतृत्व लिने बताए।
‘एउटै पार्टीको बहुमत नभएको अरु पार्टीले संख्यालाई ध्यानमा राखेर गठबन्धनका अरु घटकले पनि मौका पाउनेछन्,’ उनले भने, ‘को को सहभागी हुने अझै क्लियर छैन। सबै पार्टीले धारणा प्रष्ट पारेपछि सबै विषयमा अन्तिम टुंगोमा पुग्नुपर्छ।’