नवनियुक्त गण्डकीका मुख्यमन्त्री खगराज सुरेन्द्रराज पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री पाण्डेले शुक्रबार प्रदेश प्रमुखको निवासमा सपथ लिएका हुन् । मुख्यमन्त्रीसँगै दुई मन्त्रीले पनि सपथ लिएका छन् । माओवादीबाट शुशीला सिंखडा र कांग्रेसबाट सरस्वती अर्यालले विना विभागीय मन्त्रीको सपथ लिएका हुन्।
प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्री पाण्डेलाई शपथ गराएका हुन् । बिहीबार प्रमुख गुरुङले संविधानको धारा १६८ को उपधार २ बमोजिम पाण्डेलाई गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । उनी प्रदेशको पाँचौ मुख्यमन्त्रीमा बनेका छन् । सपथ लगत्तै पाण्डेले कार्यभार समाल्ने कार्यतालिका छ ।