News in Nepali

गण्डकीमा नयाँ सरकार : नेतृत्वमा कांग्रेसको पहिलो पालो

Lumbinikhabar Online

गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकार गठनका लागि आह्वान गरेको समय घर्किन केही घण्टा मात्र बाँकी छ । बिहीबार अपराह्न ४ बजेसम्म सरकार गठनका लागि दाबी पेस गर्न उनले आह्वान गरेका छन् ।

सत्ता साझेदारी दलबीच विवाद चुलिँदै जाँदा सरकारको दाबी पेस गर्नका लागि बहुमत सांसदको हस्ताक्षर भने हुन बाँकी छ । कांग्रेसले हस्ताक्षर संकलन गरिसकेको छ भने माओवादीले हस्ताक्षरका लागि प्रक्रियामा रहेको माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले बताए । कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले संसदीय दलको बैठकपछि हस्ताक्षर गरिने बताए ।

सरकारको नेतृत्व कांग्रेस–माओवादीले आलोपालो गर्ने सहमति भएपछि पहिलो चरणमा कसले नेतृत्व गर्ने भन्ने विषयमा विवाद चुलिँदै गएपछि केन्द्रबाट कांग्रेसले पहिलोपटक सरकारको नेतृत्व गर्ने सहमति गरेको छ । संविधानको धारा १६८ (२) अनुसार नै सरकार गठन हुने नेता पाण्डेले बताए ।

माथिबाट निर्णय नआएको भन्दै सरकार गठनमा ढिलाइ भएको थियो । सरकारको नेतृत्वसँगै मन्त्रालय भागवन्डाको विषयलाई लिएर पुनः विवाद उत्पन्न भएको हो । मुख्यमन्त्रीको दाबी गरेका माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले अर्थ मन्त्रालयको दाबी गरेका छन् ।

 

Tags

छुटाउनु भयो कि ?