News in Nepali

संसदमा प्रधानमन्त्रीको दर्शन पाउन पनि दुर्लभ भयो : रघुजी पन्त

Lumbinikhabar Online

नेकपा एमालेका सांसद रघुजी पन्तले संसदमा प्रधानमन्त्री पुष्पकमल दाहालको दर्शन पाउन दुर्लभ भएको बताएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले भारत भ्रमणबारे संसद्लाई अझै जानकारी नगराएको भन्दै प्रधानमन्त्रीको आलोचनासमेत गरे। सांसदहरूले पटकपटक आग्रह गर्दा पनि प्रधानमन्त्री दाहालले संसदमा त्यसबारे एक शब्द पनि नबोलेको भन्दै पन्तले असन्तुष्टि व्यक्त गरे।

प्रधानमन्त्रीको भारत भ्रमण फलदायी होस् भन्ने आफूहरूको पनि चाहना रहेको भन्दै उनले भने, ‘तर, सबभन्दा दुःखको कुरा के हो भने यो भ्रमणका एजेन्डाहरू के–के हुन् ? भन्ने कुरा संसद् चलिरहेको वेला पनि हामीले अखबारहरूमा पढ्नुपरेको छ। संसदभित्र हामीले पटकपटक आग्रह गर्दा पनि प्रधानमन्त्रीले आएर आफ्नो भारत भ्रमणबारे एक शब्द भन्नुभएको छैन । प्रधानमन्त्रीको त अनुहार हेर्न पनि, दर्शन पाउन पनि दुर्लभ भइसक्यो,’ उनले भने।

Tags

छुटाउनु भयो कि ?