टप खबर

उपनिर्वाचनको मतगणना आजै रातिबाट सुरू हुने

Lumbinikhabar Online

आइतबार तीन क्षेत्रमा भएको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनको मतगणना आजै रातिबाट सुरू हुने भएको छ।

तीन वटै क्षेत्रमा शान्तिपूर्ण रूपमा मतदान सकिएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिएका छन्।

मुचुल्का उठाएर र  मतपेटिका मतगणना केन्द्रमा पुर्‍याएपछि मतगणना सुरू हुने थपलियाले बताए। बारा-२ मा साढे ७ बजेसम्म मतपेटिका संकलन हुने र ८ बजेपछि मतगणना सुरू हुने उनले बताए।

चितवन-२ मा पनि मतपेटिका संकलन गर्न केही समय लाग्ने देखिएको छ। यसपालि मंसिर ४ को भन्दा मतगणना सजिलो हुने र छिटो पनि हुने थपलियाले बताएका छन् ।

Tags

छुटाउनु भयो कि ?