News in Nepali

उपनिर्वाचन : बारा–२ मा ४० प्रतिशत मत खस्यो

Lumbinikhabar Online

बारा क्षेत्र नं २ मा आइतबार दिउँसो पौने २ बजेसम्म ४० प्रतिशत मतदान भएको भएको छ । बारा क्षेत्र नं २ को सबै मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान भइरहेको र पौने २ बजेसम्ममा ४० प्रतिशत मतदान भइसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

गर्भवती, अशक्त, ज्येष्ठ नागरिकले लाइनमा बस्नु नपर्ने र उनीहरुलाई पहिलो प्राथमिकता दिएर मतदान गर्ने व्यवस्था मिलाइएको छ । स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण, भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न जिल्लाको निर्वाचन क्षेत्र नं २ मा दुई हजार छ सय पाँच सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए ।
उनका अनुसार यसक्षेत्रमा निर्वाचनका लागि एक हजार छ सय ८८ नेपाल प्रहरी, छ सय पाँच सशस्त्र प्रहरी र तीन सय नेपाली सेनालाई निर्वाचनमा परिचालन गरिएको छ । बदनियतपूर्वक कसैले मतपेटिका चलाउन वा धाँधली गर्न खोजेको अवस्थामा त्यस्ता व्यक्तिलाई सिधै गोली हान्नसक्ने गरी सुरक्षाकर्मीलाई निर्देशन दिइसकेको प्रजिअ सापकोटाले बताए ।

यसैबीच निर्वाचन विथोल्ने कार्य गरेको भन्दै देवताल गाउँपालिका–७ पीपरपाती बुथ केन्द्रबाट छ जना पक्राउ परेका छन् । पक्राउपर्नेमा रौतहट जिल्ला बौधीमाई गाउँपालिका–४ निवासी ४७ वर्षीय वृजकिशोरप्रसाद यादव, रौतहत वृदावन नगरपालिका–१ निवासी ४२ वर्षीय दायाराम राउत, सोही नगरपालिका–४ निवासी ३५ वर्षीय उमेश यादव, प्रसौनी गाउँपालिका–४ निवासी ३८ वर्षीय मंगलप्रसाद साह र देवताल गाउँपालिका–७ निवासी ६२ वर्षीय रामसागर यादव रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक पुरुषोत्तम सिँह पाण्डेयले जानकारी दिए ।

Tags

छुटाउनु भयो कि ?