नेकपा एमाले काभ्रेपलान्चोक जिल्लाको पनौती नगरपालिका कमिटीले बृहत सरसफाइ कार्यक्रम गरि मिसन ग्राससुट अभियान सम्पन्न गरेको छ । पार्टीका पोलिट्ब्युरो सदस्य एवं संविधानसभा सदस्य रामेश्वर फुयालको नेतृत्वमा पुण्यमाता खोलाबाट सुरु भएको उक्त कार्यक्रम त्रिवेणि घाटमा पुगेर सम्पन्न भएको थियो ।
उक्त कार्यक्रममा संविधान सभा सदस्य रामहरि सुवेदी । पनौती नगरपालिकाका उपमेयर गीता बन्जरा लगायत नेकपा एमालेका जिल्ला कमिटी सदस्यहरु , पनौती नगलपालिका कमिटीका अध्यक्ष सुरेश हुमागाइका साथै स्थानीय स्तरका नेता तथा कार्यकर्ताहरुका साथै पार्टिका जनवर्गीय संगठनहरु , नागरिक समाजका साथै स्थानीय जनताहरुको ब्यापक सहभागीता रहेको थियो ।
सामाजिक रुपान्तरणका लागि आफैबाट कामको थालनि गर्नुपर्छ भन्दै जनता संग श्रम अभियानमा सहकार्य गर्न पनौती पुगेका नेता रामेश्वर फुयालले भने :” काभ्रेमा पनौती नगरपालिका,खानिखोला र महाभारत गाउँपालिकामा हामिले यो अभियान सम्पन्न गरेका छौँ । अभियानमा खानिखोला गाउँपलिकामा व्यापक जनताको सहभागीतामा मसाने भिर काटेर यातायात सुचारु गरियो । समृद्ध खानिखोला विकास छलफल आयोजना गरियो । मदन आश्रीत स्मृति पुस्तकालय स्थपना गरियो । वडा-वडामा श्रम परिचालनक्क काम पनि भए । त्यसैगरी महाभारत गाउँपालिकामा बुद्ध उद्ध्यान सल्लेनी सुभारम्भ गरियो । सरसफाइ , वृक्षारोपण र राष्ट्रिय झण्डा फहराइयो ।
यस्तै उनले थपे ,: महाभारत गाउँपालिकाका राजनैतिक दलहरू प्रशासकहरु, प्राविधिकहरु, नागरिक समाज , स्थानीय विज्ञहरु , युवा विद्यार्थी महिलाको व्यापक सहभागीता थियो । पार्टी संगठनका सम्पूर्ण कामहरू व्यवस्थित हुँदै आएका छन् । सोही अनुसार आज पनी व्यापक जनताहरुको सहभागीतामा पनौती पुण्यमाता खोला बसपार्क , त्रिवेणी घाटसम्म सरसफाइको काम सम्पन्न भएको छ । यसमा हामी एकदमै खुसी छौँ ।
पार्टीको सुदृढीकरण र विस्तारका साथै नेपाली जनताको सुख र समृद्धिका लागि आफ्ना नेता तथा कर्याकर्ताहरुलाई परिचालन गर्ने उद्धेश्यले २०७९ फाल्गुन ५ गते देखी २०८० बैशाख ९ गते सम्म जारी अभियान आज सम्म हुँदैछ ।