News in Nepali

एम्स अस्पतालमा राष्ट्रपति पौडेलको उपचार सुरु

Lumbinikhabar Online

भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा राष्ट्रपति रामचन्द्र पौडेलको उपचार सुरु भएको छ।

उनलाई बुधबार बिहान श्रीएयरको एयर एम्बुलेन्समार्फत भारत लगिएको थियो। अहिले एम्समा उनको उपचार सुरु भएको छ।

राष्ट्रपति पौडेलको छातीमा संक्रमण देखिएको थियो। नेपालमा उपचार गराउँदा उल्लेख्य सुधार नभएको भन्दै परिवारका सदस्यहरु र चिकित्सकहरुले थप उपचारका लागि भारत लैजान सुझाव दिएसँगै पौडेललाई भारत लगिएको हो।

उनीसँग निजी चिकित्सक डा. निरज बम, ७ चिकित्सकको टोली र परिवारका सदस्य सँगै छन्।

Tags

छुटाउनु भयो कि ?