News in Nepali

कोभिडबाट थप एकको मृत्यु, २४ घण्टामा १२१ जनामा संक्रमण

Lumbinikhabar Online

कोभिड संक्रमणबाट थप एकको मृत्यु भएको छ । मंगलबार पनि संक्रमणबाट एक जनाको मृत्यु भएको थियो, जुन झन्डै तीन महिनापछिको मृत्यु हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६२० पीसीआर र १ हजार ७५७ एन्टिजेन गरी कुल २ हजार ३७७ जनाको परीक्षणमा १२१ जनामा संक्रमण पुष्टि भएको छ ।
पीसीआरतर्फ ५८ र एन्टिजेन परीक्षणमा ६३ जनामा संक्रमण देखिएको हो । हाल सक्रिय संक्रमितको संख्या ४४५ रहेको छ । मंगलबार १०६ जनामा कोभिड संक्रमण पुष्टि भएको थियो । संक्रमण बढेसँगै अस्पतालमा बिरामी भर्ना हुन थालेका छन् । हाल आईसीयुमा ११ जना र भेन्टिलेटरमा ३ जना कोभिड संक्रमित उपचाररत छन् ।

Tags

छुटाउनु भयो कि ?