भरतपुर महानगरपालिकाले ठेक्का सम्झौता गरेर समयमा नै काम नगर्ने, अलपत्र पार्ने निर्माण कम्पनीलाई कारबाही प्रक्रिया अगाडि बढाएको छ ।
महानगरपालिकाले एक सूचना प्रकाशन गर्दै समयमा नै २८ वटा निर्माण सम्बन्धी काम नगरेर अलपत्र छाडेका कम्पनीहरुलाई किन कारर्वाही नगर्ने भनेर स्पष्टीकरणसहितको कारबाही प्रक्रिया अगाडि बढाएको हो ।
प्रदिप निर्माण सेवाले ४, विक्रमबाबा कन्स्ट्रक्सन प्रा.लि.ले ८, युविना कन्स्ट्रक्सन एण्ड सप्लार्यस प्रा.लि.ले २, लोहनी लोहनी एण्ड सन्स दाजुभाइले १, अमृत कश्यप जेभीले १, धुलिखेल निर्माण सेवा प्रा.लि.ले २, उर्जा कृष्ण जेभीले ४, प्रशंशा कन्स्ट्रक्सन प्रा.लिले १, वल्डवाइड धुलिखेल निर्माण जेभीले १, शिवस्थल निर्माण प्रा.लि.ले १, जिएमआर दाजुभाइ प्रा.लिले १, एसस हिमालयले १, भूमेस्थान निर्माण प्रा.लिले १ निर्माण सम्वन्धी कामलाई अलपत्र पारेको महानगरले जनाएको छ ।
यी निर्माण कम्पनीहरुले अधिकांश कालोपत्रे सम्वन्धी कामको ठेक्का लिएर अलपत्र पारेका हुन्। महानगरपालिकाले तोकिएको समय भित्र निर्माण सम्पन्न गर्न ठोस पहल नगरेको कारर्वाहीको प्रकृया अगाडि बढाएको जनाएको छ ।
सूचना जारी भएको मितिले ७ दिन भित्र आफैं उपस्थित भएर चित्तबुझ्दो जवाफ नदिएमा वा तत्काल कार्य अगाडि नबढाएमा कानुन अनुसार कारर्वाही थप अगाडि बढाउने महानगरले जनाएको छ ।