राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्नका लागि मेडिकल व्यावसायी दुर्गा प्रसाईंसँग टेलिफोनबाट दुई करोड रुपैयाँ मागेको विषय संसदलाई जनकारी गराएको छ ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले यो विषयमा पार्टीले गम्भीर रुपमा लिएको र छानबिन भइरहेको बताएका छन् । उनले श्रेष्ठलाई स्पष्टीकरण सोधिएको उल्लेख गरे । प्रमुख सचेतक परियारले यो घटनाबाट संसद्को गरिमामा परेको आँचप्रति क्षमा मागेका छन् । उनले विगतमा भएका यस्ता घटनाहरु पनि छानबिनको दायरामा आउनुपर्ने बताए ।