News in Nepali

प्रधानमन्त्री प्रचण्डको १४ बुँदे सम्बोधन : भविष्यमा प्रेरणा लिन सक्ने परियोजना बजेटमा समेटिन्छ

Lumbinikhabar Online

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भविष्यमा प्रेरणा लिन सक्ने परियोजना आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा समेटिने बताएका छन् ।

सोमबार नेपाल चेम्बर अफ कमर्शको ७२ औँ साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले बजेटमार्फत् केही नयाँ र गुणात्मक प्रकृतिका परियोजना अगाडि बढाउने योजना रहेको बताएका हुन् ।

परम्परागत सोचबाट माथि उठेर विगतभन्दा भिन्न, विगतभन्दा नयाँ, विगतभन्दा गुणात्मक केही नीति, कार्यक्रम र योजनाहरू अगाडि बढाउने गृहकार्य भइरहेको उनको भनाइ छ ।

परम्परागत सोच, नीति, कार्यक्रम र बजेटबाट मुलुकको समृद्धि सम्भव छैन भन्नेमा सरकार स्पष्ट छ’ प्रचण्डले भनेका छन्, ‘सरकारले यसपटक नयाँ, गुणात्मक केही नीति, कार्यक्रम र योजनाहरू अगाडि बढाउने गृहकार्य गरिरहेको छ, जसबाट मुलुकको विकास र समृद्धिमा गुणात्मक योगदान दिन सकियोस्, भविष्यमा आउने सरकारहरूले समेत त्यसबाट प्रेरणा लिन सकून् ।’

सर्वप्रथम म नेपाल चेम्बर अफ कमर्शको यो वार्षिक साधारणसभाको अवसरमा चेम्बरका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूमा हार्दिक बधाइ ज्ञापन गर्दछु। मुलुकको उद्योग–व्यापारको विकास र विस्तारमा निजी क्षेत्रको योगदान बढाउन चेम्बरले गरेको हालसम्मको प्रयासका लागि धन्यवाद व्यक्त गर्दै यहाँहरूको ७२ औं साधारण सभाको सफलताका लागि शुभकामना व्यक्त गर्दछु ।

 

Tags

छुटाउनु भयो कि ?