माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले एक–दुई दिनमै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् । बिहीबार संसद् भवनबाहिर पत्रकारहरूसँग कुरा गर्दै उनले सम्बन्धित दलका कारण ढिलाइ भएको प्रस्ट पारे ।
प्रधानमन्त्रीले गठबन्धनका दलहरूसँग यथाशीघ्र नाम दिन आग्रह गर्दै आजै मन्त्रिपरिषद् विस्तार टुंग्याउने भने पनि दलहरूले गृहकार्य बाँकी रहेको प्रतिक्रिया दिएकाे उनको भनाइ छ ।
‘सम्बन्धित दललाई उहाँ (प्रधानमन्त्री)ले आजै नाम दिनुस्, म टुंग्याउँछु भन्नुभएको थियो । उहाँहरूले होमवर्क गर्दै छौँ भन्नुभएको छ,’ पौडेलले भने, ‘सम्बन्धित दलको ढिलासुस्तीका कारणले हो, प्रधानमन्त्रीका कारण होइन ।’