नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्रीका रूपमा बालुवाटारमा ‘हनिमुन पिरियड’ बिताइसके । तर, हालसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउन पाउन नसकेको अवस्था छ ।
गत पुस १० गते प्रधानमन्त्री भएका प्रचण्डले तीन महिनासम्म
उसो त सत्ता साझेदार दलले साझा न्यूनतम कार्यक्रम ल्याउन छलफल चलाइरहेपनि सार्वजनिक भइसकेको छैन । जसले गर्दा सरकारको प्राथमिकता समेत स्पष्ट हुन सकेको छैन ।
सरकार गठन भएको एक सय दिन पुग्दा समेत केही गर्न नसकेको भन्दै सरकारको आलोचना हुने गरेको छ । तर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भने ३७ बुँदे कामको फेहरिस्त प्रस्तुत गरेर आफ्नो बचाउको प्रयास गरेको देखिन्छ ।
गत पुस १० गते नेकपा एमाले, माओवादी केन्द्रसहित १० दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए । सभामुख र उपसभामुखको निर्वाचन सकिएलगत्तै प्रचण्ड राष्ट्रपति र उपराष्ट्रपतिको चुनावसम्म आइपुग्दा एमालेसँग सत्ता सहकार्य तोड्ने अवस्थामा पुगेका थिए । लगत्तै नेपाली कांग्रेस, माओवादी सहितको अर्को गठबन्धन बनेर प्रचण्डले नै सरकारको नेतृत्व लिइरहेका छन् ।