News in Nepali

रवि लामिछानेको उम्मेदवारी कायमै

Lumbinikhabar Online

वैशाख १० गते हुने उपनिर्वाचनका लागि चितवन-२ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारी कायमै रहेको निर्वाचन कार्यालयलले जनाएको छ । उनीविरूद्ध दर्ता भएको उजुरीमा दाबी नपुग्ने भन्दै निर्वाचन कार्यालयले उनको उम्मेदवारी कायम रहने निर्णय गरेको हो ।

लामिछाने उम्मेदवार हुन अयोग्य रहेको भन्दै राष्ट्रिय जनमोर्चाका उम्मेदवारका प्रतिनिधि डम्बर पुरीसहित तीन जनाले मंगलबार दाबी विरोधको उजुरी दिएका थिए ।
‘कागजपत्र र अन्य प्रावधान हेर्दा उम्मेदवारी बदर गर्नु पर्ने अर्थात् उम्मेदवार हुन अयोग्य हुने आधार/अवस्था भेटिएन । उहाँको उम्मेदवारी कायम राख्ने निर्णय भएको छ,’ चितवन-२ को मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले भने ।

विदेशी नागरिकता त्यागेको ९० दिनपछि मात्रै चुनावमा उठ्न पाउने संवैधानिक आधार छ भन्दै लामिछानेविरूद्ध उजुरी दर्ता भएको थियो । लामिछानेका विरूद्ध काठमाडौंका युवराज पौडेलले पनि ईमेलमार्फत उजुरी दिएका छन् । त्यस्तो उजुरी सम्बन्धित उम्मेदवारसँग स्पष्टीकरण लिएर निर्णयका लागि कागजपत्र निर्वाचन आयोग पठाउने आचार्यले बताए । बुधबार नै कार्यालयले लामिछानेलाई स्पष्टीकरण सोधेको छ । सात दिनभित्र स्पष्टीकरण बुझाउनु पर्नेछ ।

Tags

छुटाउनु भयो कि ?