News in Nepali

मधेस प्रदेशका एमाले मन्त्रीले बुझाए राजीनामा

Lumbinikhabar Online

नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ।

प्रदेश सरकारमा एलालेबाट मन्त्री भएका सरोज यादव, राजकुमार लेखी, सत्रुधनप्रसाद सिंह, जैयद आलम र रायमन्त्री केशव रायले मंगलबार मुख्यमन्त्री सरोज कुमार यादवलाई राजीनामा बुझाएका छन्।

एमालेका मन्त्रीहरुले राजीनामा दिएको मुख्यमन्त्री यादवले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ।

तत्काल सरकार बाट जनमत पार्टी बाहिर हुने वा नहुने अहिले निर्णय नभएको उनले बताए। अचारसंहिता लागेकाले चुनावपछि कांग्रेससहितका दल सरकारमा सहभागी हुने मुख्यमन्त्री यादवले बताए।

Tags

छुटाउनु भयो कि ?