जनता समाजवादी पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले उपनिर्वाचनले रास्वपा र जनमतको उरन्ठेउलो राजनीतिलाई पूर्णविराम लगाउनुपर्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले उक्त टिप्पणी गरेका हुन्।
राजनीतिको नाममा सस्तो लोकप्रियतामा आत्मरति गर्ने र जनतालाई भ्रमित पार्ने काम भइरहेको छ। यिनीहरूले आन्दोलनका महत्वपूर्ण उपलब्धिहरूमाथि हिलो छ्याप्ने काम गरिरहेको बस्नेतले दाबी गरेका छन्।
बस्नेतले भनेका छन्, ‘राजनीतिमा अराजनीतिक तत्वको प्रवेशले लोकतन्त्र, समानुपातिक समावेशिता, गणतन्त्र, संघीयता निरीह हुन थालेको छ। बाह्य हस्तक्षेप र प्रभाव बढाउने काम भएको छ। उपनिर्वाचनले रास्वपा र जनमतको उरन्ठेउलो राजनीतिलाई पूर्णविराम लगाउनुपर्छ।’