लगानीकर्ताको समूह पुँजीबजार फोरमले नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतलाई भेटेर सेयर बजारको विकास र विस्तारका लागि विभिन्न सुझाव दिएको छ । पुँजीबजार फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्रीसँग भेटवार्ता गरी बजार विकास र विस्तारका लागि सुझावहरु दिएको हो ।
सरकारी स्वामित्वको नेप्सेमा स्वदेशी संस्थागत तथा वैदेशिक रणनीतिक साझेदार ल्याउनुपर्ने, निजी क्षेत्रबाट अर्को नयाँ स्टक एक्सचेन्जलाई अनुमति दिनुपर्ने सुझाव पत्रमा उल्लेख छ । संस्थागत लगानीलाई आकर्षण गर्नका लागि संस्थाले सेयर कारोबार गरी प्राप्त गरेको आयमा १५ प्रतिशत आयकर लगाउने व्यवस्था गर्न सुझाव दिएको छ ।
गैरआवासीय नेपालीलाई सेयर बजारमा कम्तीमा ३ वर्षको लक इन पिरियडको शर्तमा लगानी खुला गर्नुपर्ने, विदेशी संस्थागत लगानीकर्तालाई समेत शर्तको अधिनमा रही लगानी खुला गर्नुपर्ने सुझाव दिइएको छ । पुाजी बजार सम्बन्धी मूल्य संवेदनशील सूचना तथा डाटाको सहज पहुाच नेप्सेको वेबसाइटमा उपलव्ध गराउनुपर्ने पुाजीबजार फोरमको सुझाव छ ।
राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिम भारलाई १५० बाट घटाई १०० मा झार्नुपर्ने, बैंक तथा विक्तीय संस्थालाई त्रस होल्डिङ नहुनेगरी सेयर खरिद गर्न खुला गर्नुपर्ने, सेयर धितोमा दिइने प्रतिव्यक्ति वा प्रतिसंस्था १२ कर्जाको सीमा हटाउनुपर्ने सुझाव पुाजी बजार फोरमले दिएको छ ।
लगानीकर्तालाई अल्पकालीन र दीर्घकालीन गरी २ भागमा विभाजन गरेर अल्पकालीन लगानीकर्तालाई ५ र दीर्घकालीन लगानीकर्तालाई २ प्रतिशत पुाजीगत लाभकर लगाउने व्यवस्था गर्न सुझाव दिएको छ ।