नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको पाचौं महाधिवेशनमा विवाद भएको छ । खासगरी नेतृत्व चयनको विषयमा विवाद भई जिल्ला जिल्लाबाट आएका प्रतिनिधिले नाराबाजी गरेका छन् ।
विवादकै कारण नेतृत्व चयन हुन सकेको छैन । माओवादी नेतृ एवं संगठनको फ्याक्सन इन्चार्ज पम्फा भुसालले नेतृत्व चयनका लागि प्रस्तुत गरेको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ ।
वर्तमान नेतृत्व परिवर्तन गर्नुपर्ने भन्दै नाराबाजीमा उत्रिएका प्रतिनिधिले मञ्चमा टोपीसमेत प्रहार गरेको एक प्रतिनिधिले बताए । प्रतिनिधिहरुले निर्वाचन प्रक्रियाबाट पदाधिकारी टुङ्ग्याउन माग गरेका छन् ।